नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टा बन्द हुने

264
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन (ओएनएस) : होली पर्वलाई मध्येनजर गरेर दुर्इ दिन बिहीबार र शुक्रबार २४ सैं घण्टा गाडी बस गाडी चलाउन दिइएको नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि पुन: ६ घण्टा बन्द गरिने भएकाे छ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बस गाडी चलाउन रोक लगाइएको सडक विस्तार आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।

नारायणगढबाट मुग्लिन छिर्ने गाडीलाई भतेरी जंगलमा, काठमाडौंबाट छिर्नेलाई लेवाटारमा र पोखराबाट छिर्नेलाई आँबुखैरेनीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

सडकको १६ किलोमिटर, घुमाउने, चेपाङ डाँडालगायतका ठाउँमा पहाड काट्न भर्इरहेकाेले गाडी चलाउन रोक लगाइएको हो ।


  •  
  •  
  •