नेपाल बन्दको प्रचार गर्दै हिँड्ने गुरुङ पक्राउ,भाेली अदालतमा पेश गरिने

962
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : नेपाल बन्दको प्रचार गर्दै हिड्ने जनमुक्ति लडाकु समूहका अध्यक्ष रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

गुरुङको समूहले फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गर्दै पर्चा पम्लेटसहित प्रचार गरिरहेकाे अवस्थामा गुरुङलाई गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी माेहन थापाले बताए।

परिसरको प्रहरी टोलीले गुरुङलाई बिहिवार दिउसो काठमाडौंको न्युरोडबाट पक्राउ गरेको काठमाडौं परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।

प्रकाउ परेका गुरुङ्लार्इ भाेली अदालतमा पेश गरिने डिएसपी थापाले बताए। उनी विरुद्ध सार्वजानिक अपराध एेन अन्तरगत मुद्दा चलाइने परिसरले जनाएकाे छ।


  •  
  •  
  •