‘बहुरुपी आन्दोलन’ : केन्द्रमा नयाँ बानेश्वर

156
  •  
  •  
  •  

काठमाडौ, ६ माघ (ओएनएस) :  सामान्यतया बिहान ६ बजेपछिमात्रै मान्छेको चहलपहल सुरु हुने भएपनि मंगलबार बिहान काठमाडौमा सडकहरुमा बन्दकर्ताको बाक्लो उपस्थिति थियो । बिहान चोकचोकमा भेला भएका बन्दकर्ता १० बजेपछि संविधानसभा नजिक केन्द्रित भएका थिए ।

जब बन्दकर्ताको सहभागिता बाक्लिदै गयो प्रहरीले संविधानसभा भवनको ५ मिटर वरपर घेराउ हालिसकेको थियो । बिहान आक्रमक बनेका बन्दकर्ता दिउँसो भने केही शान्त देखिए ।

केन्द्रमा संविधानसभा
एमाओवादीसहित विपक्षी ३० दलीय मोर्चाले संविधानसभा भित्र रोस्टम घेराउ गर्दै नाराबाजी सुरु गरे । त्यसको केही छिनमै संविधानसभा बाहिर अघोषित ‘कफ्र्यु’ लगाइयो । संविधानसभा भवन बाहिर ठूलो संख्यामा जम्मा भएका सर्वसाधरणलाई प्रहरीले तीतरबीतर पार्यो ।

उभिएर संविधानसभा भवनतिर हेर्न, हिडडुल गर्न, गफल गर्न प्रतिवन्ध लगाउँदै एकैछिनमा नयाँ बानेश्वर क्षेत्र प्रहरीमय बनेको थियो । आन्दोलनकारी पनि एक एक गर्दै बाटो लागेका थिए ।

Maoist banda (16)

कार्यकर्ता उग्र, नेता संयम
प्रहरीले नयाँ बानेश्वरलाई धेराबन्दी गरेपछि तीतरबीतर परेका आन्दोलनकारी केही पर पुगेपछि प्रहरीलाई जिस्काइरहेका थिए । केहीले त ढुङ्गा उचालेर हाने पनि ।

तर सानो सानो झुण्डको नेतृत्व गरिरहेका नेताहरु भने संयम देखिन्थ्ये । हामीले नै स्थिति विगार्नु हुन्न नयाँ बानेश्वरबाट शंखमूलतिर एउटा टोलीको नेतृत्व गर्दे लागिरहेका बरिव ५० बर्षका नेता सम्झाइरहेका थिए ।

जातियताको बाहुल्यता
एमाओवादी नेतृत्वको मोर्चाले जातीय आधारमा संघीयता नभएको दाबी गरे पनि आन्दोलनकारीको उपस्थिति जातीयरुपमा बढी देखिन्थ्यो । पार्टीगत भन्दा जातीय संघ संगठनका झण्डा आन्दोलनमा बढी थिए ।

लिम्बुवान मोर्चा, किरात वकर्स पार्टी लगायतका समुह निधारमा फेटा सहित फरक पहिचानमा उपस्थित देखिन्थ्ए । आन्दोलनमा उनीहरुको समुह अरु भन्दा बाक्लो गरि एकै ठाउँमा भेला भएको देखिन्थ्यो ।

banda 2

भित्रको खबर छिनछिनमा
एमाओवादीलदे मोर्चाले भनेका निर्धारित समय अनुसार बन्द खुल्ने समय भइसकेको थियो । तर बन्दठप्प नै थियो । माइतीघर बानेश्वर सडकखण्डमा साइकललाई समेत छिर्न दिइएको थिएन । त्यही बेला आन्दोलनको अगुवाइ गरिरहेका युवाहरु संविधानसभा भित्रको खबर छिनछिनमा सोधिरहेका थिए ।

‘भित्र नाराबाजी जारी छ त्यतिबेलासम्म बन्द खोल्नु हुँदैन ४ बजे भनेपनि ६ बजेसम्म पनि बन्द कायम राख्नुपर्छ’ यस्ता आवाज आन्दोलनकारीको जमातमा निकै सुनिनथ्ये ।

कमलो मन
बिजुलीबजारमा करिव ४ बजे आन्दोलनकारीमा कोणसभा चलिरहेका थियो । नयाँ बानेश्वरतिर तीनवटा घेरसामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । वुद्धनगर जाने बाटोमा एउटा मोटरसाइल जलेको अवस्थामा अलपत्र थियो ।

केही आन्दोलनकारी जलेको मोटरसाइकलको फोटोसमेत लिइरहेका थिए । बिजुलीबजार पुलको डिलमै एक हुल महिला सहभागि थिए । जो आन्दोलनमै सहभागि थिए । किनभने उनीहरुको हातमा झण्डा थिए । आन्दोलनकारीले मोटरसाइकल जलाइ दिएको उनीहरु चुकचुक मानिरहेका थिए । ‘मोटरसाइकल जलाई नहाल्नु पर्ने बरु सामानइ तोडफोड गरेको भए हुन्थ्यो नी’ एक महिला –करिव ५० बर्ष) ले असन्तुष्टि व्यक्ति गरिन । सँगै रहेका अन्य महिलाले पनि सही थापेका थिए ।

Maoist banda (11)

राजा फाल्न आन्दोलन !
आन्दोलनकारीको समुहमा १२ बर्षदेखि ७० बर्षकासम्मको सहभागिता देखिन्थ्यो । ती मध्ये केहीलाई किन आन्दोलन गरेको थाहा नै थिएन । हातमा झण्डा लिएका आफ्नो नाम हरी र डेरा कालीमाटी बताउने एक युवालाई किन आन्दोलन गरेको थाहा नै थिएन । उनले रातो झण्डा बोकेको थिए । किन आन्दोलनमा आएको भन्ने प्रश्नमा उनले भने, ‘ नयाँ राजा को आयो रे हटाउनुपर्छ भन्नुभयो दाइले म आए ।’ को रहेछ नयाँ राजा ‘खै त्यो त थाहा छैन ।’ आन्दोलनमा रहरले, रमाइलोले, बन्दमा काम नभएर सहभागि हुने त्यस्ता धेरै थिए ।


  •  
  •  
  •