काठमाडौ, ६ माघ(ओएनएस) : संविधानसभा भवनबाट नाराबाजी गर्दै बाहिर निस्केका सभासदहरु बिजुलीबजारबाट बबरमहलतर्फ अघि बढेको देखेपछि त्यसतर्फ प्रदर्शनकारी जान खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
झडपमा परि एमाओवादी सभासद तथा नेता जनार्दन शर्मा र रुपा महर्जन लाययत दर्जनौ घाइते भएका छन् । शर्माको टाउकोबाट रगत बगेको छ । उनलाई तत्काल अस्पतालतर्फ लगिएको छ ।
प्रदर्शकारीले हुलदंगा गर्दै आफ्नो नेतातर्फ जान खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि प्रदर्शनकारीहरु प्रहरीमाथि नै जाइलागेका छन् । त्यसक्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपपछि स्थिति तनावग्रस्त बनेको थियो ।
त्यस क्रममा प्रहरीले सुरक्षा दिएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्राईलाई प्रदर्शकारीतर्फ लागेको थियो । नेताहरुले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम थियो ।
नारावाजी गर्दै संविधानसभाबाट बाहिर निस्केका नेता तथा सभासद्हरु देखेपछि बिजुलीबजारमा प्रहरीले रोकेर राखेको प्रदर्शनकारी अघि बढ्न खोज्दा झडप भएको छ । प्रदर्शनकारीलाई प्रहरीले छेक्न खोज्दा झडप भएको हो ।