४ बजेपछि बन्द खुल्यो

256
  •  
  •  
  •  

काठमाडौ, २९ पुस (ओएनएस) :  एमाओवादीको नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको ताम्सालिङ र नेवा बन्द ४ बजेपछि खुलेको छ । एमाओवादीका अनुसार उपत्यका लगायतका जिल्लाहरुमा बन्द ४ बजेपछि खुलाइएको हो ।

एमाओवादीका नेता खिमलाल देवकोटाले ओएनएसलाई दिएको जानकारी अनुसार सर्वसाधारणको सुविधाको लागि १ घण्टा अवागै बन्द खुलाईको हो । देवकोटाले भने ‘ बन्द सफल भएको छ, सर्वसाधारणको सुविधाको लागि ४ बजेपछि बन्द खुल्यो ।

यसअघि बन्दको कारण उपत्यका लागायत आसपासका जिल्लामा प्रभाव परेको थियो । उपत्यकाका चोक–चोकमा बसेर बन्दकर्ताले सवारी साधनलाई रोकेका थिए ।

उपत्यकाका केही स्थानमा बन्दको विरोधमा प्रदर्शन गर्ने प्रयास पनि गरिएको थियो । ‘नेपाल खुला छ’ भन्ने उल्लेख भएका प्लेकार्ड सहितका विवेकशील नेपाली पार्टीका कार्यकर्ताले बन्द विरुद्ध प्रदर्शन गरेका थिए ।


  •  
  •  
  •