व्यवसाय दर्ता गर्नेको संख्या वृद्धि

278
  •  
  •  
  •  

उदयपुर । करदाता सेवा कार्यालय गाईघाटले कर शिक्षा कार्यक्रम शुरु गरेसँगै व्यवसाय दर्ता गर्नेको संख्या पनि बढेको छ ।

जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको कर शिक्षा कार्यक्रमले व्यक्ती तथा फर्महरु करमा दर्ता गर्नेको संख्या बढेको हो ।

करशिक्षा कार्यक्रमको प्रभाव स्वरुप चालु आर्थिक वर्षको ९ महिनाको तुलनामा वैशाख र जेठमा मात्र १८ देखि २० प्रतिशतसम्म करदाता थप भएको कार्यालयले जनाएको छ ।
कर शिक्षा कार्यक्रमहरु अघि बढाएपछि करको दायमा आउने करदाताको संख्यामा समेत वृद्धि भएको कार्यलयको भनाइ छ ।
आर्थिक वर्ष ०७५÷०७६ को ९ महिनामा २ हजार ६ सयबाट करदाता थपिएकोमा वैशाख र जेठ महिनामा मात्र ६ सय ८५ करदाता थप थपिएका छन् ।
उदयपुर जिल्लामा २० हजार ९ सय ७ व्यक्ति तथा फर्महरु कर कार्यलयमा दर्ता रहेर कारोबार गरिरहेको करदाता सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आयकरमा ९ हजार ६ सय २० वटा फर्म, मुल्य अभिबृद्धि करमा १ हजार १ सय ५३ वटा, अन्त शुल्कमा ९ सय ८० वटा र ९ हजार १ सय ५४ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।
जिल्लाको ८ वटा स्थानीय तहहरु मध्ये ६ वटामा करदाता शिक्षा कार्यक्रम संचालन गरिसकिएको र आगामी दिनमा लिम्चुङ्गबुङ्ग र ताप्ली गाउँपालिकामा समेत कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्यालयको योजना रहेको छ ।
करदाता सेवा कार्यालय गाईघाटका अनुसार कटारीको घुर्मी बजार, रौतामाई गाँउपालिकाको मुकुर्ची, रौता बजार, त्रियुगा नगरपालिकाको साउने, गाईघाट, चौदण्डीगढी नगरपालिकाको बेल्टार, उदयपुरगढीको मुर्कुची बजार लगायतका बजार कर शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।


  •  
  •  
  •