‘दबंग ३’ चार भाषामा रिलिज हुने

84
  •  
  •  
  •  

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको दबंग यतिबेला चर्चामा छ । शूटिङका क्रममा रहेको फिल्म ‘दबंग ३’ मा सलमान खान र सोनाक्षी सिन्हाको जोडी देख्न सकिनेछ ।

चर्चा चलिरहेका बेला सलमान खानले यो फिल्मको रिलिज मिति पनि तोकेका छन् । यो फिल्म डिसेम्बर २० मा रिलिज हुनेछ ।

प्रभु देवाको निर्देशन रहेको ‘दबंग ३’ को रिलिजका लागि पनि निर्माण टिमले विशेष योजना बनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो फिल्म ४ भाषामा रिलिज हुने भएको छ । रिलिजको क्रममा रहेको फिल्म ‘साहो’ पनि ४ भाषामा रिलिज हुँदैछ ।
हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा यो फिल्म रिलिज हुने जनाइएको छ ।

फिल्ममा सलमान खानलाई १८ वर्षभन्दा कम उमेरको युवकको रुपमा पनि देख्न सकिनेछ । सलमान र सोनाक्षीसँगै अरबाज खान, प्रमोद खन्ना लगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ ।


  •  
  •  
  •