मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

137
  •  
  •  
  •  

काठमाडौं १५ माघ (ओएनएस) : सुख्खा पहिरोका कारण गएरातीदेखि अवरूद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । मुग्लिन-नारायणगढ सडकखण्ड अपरान्ह ३ बजेदेखी दुईतर्फी खुलेको छ । यसअघि एकतर्फी मात्र सवारी आवागमन भईरहेको थियो । 

मुग्लिन–नारायणगढ सडक खण्ड अन्र्तगत कालिखोलामा ठूलो सुक्खा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको थियो । गएराति ९ बजे खसेको पहिरोका कारण अति व्यस्त सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका यात्रु अब गन्तव्यकातर्फ लागेका छन् ।

प्रहरीका अनुसार राति अबेरसम्म पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाटो खुलाउने प्रयास भएपनि खुल्न सकेको थिएन । अहिले डोजर पहिरो पन्छाउने काम गरिरहेको र पूर्ण रूपमा सडक खुलाउनका लागि अझै ३ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

यसरी पहिरोले सडक अवरूद्ध हुँदा चितवनबाट पोखरा–काठमाडौं जाने र आउने सवारी साधन बीच बाटोमै अलपत्रमा परेका थिए । यहाँ बाटो चौडा पार्ने कार्य दैनिक चलिरहेकाले दिउँसोको समयमा पनि दुई घन्टा सडक बन्द हुँदै आएको छ ।


  •  
  •  
  •