सडकमै उत्रिए उपभोक्ता

188
  •  
  •  
  •  

काठमाडौं २८ मंसिर (ओएनएस) :  सामुदायिक वनका उपभोक्ता एवम् संरक्षणकर्मीहरु सरकारको राष्ट्रपति चुरे वातावरण संरक्षण क्षेत्र कार्यक्रमका विरुद्ध सडकमै उत्रिएका छन् । उनीहरुले उठाएका सवाल सम्बोधन गर्न सरकार तयार नभएपछि सडकबाटै दबाब दिन भन्दै देशभर प्रदर्शन थालिएको छ । चरणबद्ध प्रदर्शनका कार्यक्रम देशव्यापी बनाउँदै समुदायको अधिकार खोसिएको विषयमा जनतालाई जानकारी गराउने सामुदायिक वन उपभोक्ता महासंघका महासचिव भारती पाठकले बताइन् ।

10676355_10152941647177733_1167261083592519386_n

मंसिर १९ गतेबाट सुरु भएको सडक प्रदर्शनको कार्यक्रम देशव्यापी बनाउने र अन्त्यमा ३६ जिल्लाका उपभोक्ता एवं संरक्षणकर्मीहरुको केन्द्रीय जनसम्मेलन गरिने महासचिव पाठकको भनाइ छ । ‘हामीले भद्र रुपमा हाम्रा सरोकार राख्दा सरकारले सुन्ने र सच्याउने तत्परता देखाएन । त्यसैले सडकबाटै दबाब दिन बाध्य भयौँ,’ महासचिव पाठक भन्छन्, ‘संरक्षणको नाममा सरकारले जंगी शैली अपनाएको छ ।

आजसम्म हरियाली कायम राख्न योगदान गरेको जनसमुदायलाई उपेक्षा गरेको छ । जनताको अधिकार खोसिएको छ । त्यसैले जनतामा आक्रोश बढेकोले सडक जाममसम्मका कार्यक्रम गर्नुपर्ने दबाब छ । जनताको आक्रोश हामीले पनि रोक्न नसक्ने अवस्था छ ।’

1979579_395975937226632_5561995395032081416_n

पाठकले आज आइतबार करिब ३० हजारको उपस्थितिमा झापामा कार्यक्रम गर्न लागिएको जानकारी दिइन् । यसअघि सुर्खेत, दाङलगायत विभिन्न जिल्लामा विरोध प्रदर्शनका कार्यक्रम महासंघले गरिसकेको छ । महासंघलाई संरक्षण क्षेत्रमा काम गर्ने अन्य संघसंस्था एवम् सामुदायिक संगठनहरुले पनि समर्थन जनाएका छन् । सरकारको चुरे संरक्षण क्षेत्र कार्यक्रम खारेज गरी जनसहभागितामा आधारित कार्यक्रम ल्याउनुपर्ने महासंघको माग छ । सरकारसँग तीन पटक वार्तामा बस्दा यिनै माग राखेको र सकारात्मक नतिजा नआएकाले सडक संघर्षमा उत्रिनुपरेको पाठकको भनाइ छ ।

10846399_395975947226631_8633954448938009399_n


  •  
  •  
  •