सामुदायिक वनमा बाध्यकारी रहेको आईई र ईआईए हट्यो

252
  •  
  •  
  •  

काठमाडौं । सामुदायिक वनमा बाध्यकारी रहेको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आईई) र विस्तृत वातावरणीय अध्ययन प्रभाव मूल्याङ्कन (ईआईए) को प्रावधान हटाइएको छ।

यसअघि सामुदायिक वन समूहलाई हस्तान्तरण गर्दा र वनको कार्ययोजना नविकरण गर्दा आईई र ईआईए गर्नुपर्ने झन्झट सामुदायिक वन उपभोक्ता समितिलाई रहिरहेको थियो ।

२८ जेठको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको वातावरण नियमावली २०७७ मा आईई र ईआईएको प्रावधानलाई हटाएको हो । राजपत्रमा सूचना प्रकाशित भएर आइतबारदेखि यो प्रावधान लागु हुनेछ।

वातावरण संरक्षण नियमावली–२०५४ मा ५ सय देखि ७ सय हेक्टरको सामुदायिक वनमा आईई र ७ सय हेक्टर भन्दा बढी क्षेत्रफलको सामुदायिक वनमा आइई गर्नुपर्ने बाध्यता रहेको थियो।


  •  
  •  
  •