बमजनको आश्रमबाट जना पक्राउ

627
  •  
  •  
  •  

काठमाडौं, २६ पुस(ओएनएस) : रामबहादुर बमजन (लिटील बुद्व) को सिन्धुली आश्रमबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

फाइल तस्बिर

बिहीबार बिहान हेटौंडा उपमहानगरपालिका–१८ का इन्द्रबहादुर स्याङतानलाई सोधपुधको लागि भन्दै पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा प्रहरी प्रमुख (एसपी) रामेश्वर यादवले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको जानकारी गराए ।

पक्राउ परेका स्याङतानमाथि सोधपुछ भइरहेको एसपी यादवले बताए । आश्रममा बस्दा बमजनले आनीहरु बेपत्ता बनाएको र आश्रमका आनीहरुमाथि यौन दुव्र्यवहार गरेको जस्ता आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको छ ।

बमजनको आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुलीलगायत बमजनको विभिन्न ठाउँमा रहेको आश्रममा पुगेर अनुसन्धान पनि गरिरहेको छ ।


  •  
  •  
  •