वामदेवसँग किन रिसाए एमाले कार्यकर्ता ?

154
  •  
  •  
  •  

काठमाडौं, १९ असार (ओएनएस) ।
बाहिर भिड बढेपछि वामदेव उद्घानसत्रबाट बाहिर निस्किए । र एक छेउमा लागे । प्रहरी महानिरीक्षकलाई निर्देशकन दिए । ‘कम्तिमा २ सय प्रहरी थप्नुहोस् । लाडी चार्ज र अश्रुग्यास नहान्नु । अनि धकेलेर पल्लो छेउमा पुर्याउनु होला ।’ उनले निर्देशन दिए लगत्तै प्रहरीले बाहिर हस्तक्षेप गरेको थियो ।

एमालेको नवौं महाधिवेशनमा उद्घाटनस्थलसम्म कार्यकर्तालाई जान रोकेको भन्दै कार्यवहाक प्रधानमन्त्री एवं उपाध्यक्ष वामदेव गौतमविरुद्ध कार्यकर्ताले चर्को नारावाजी गरेका छन् ।

महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन नपाएका सयौं एमाले कार्यकर्ताहरुको भीड थाम्न नसकेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको छ । प्रहरीले भृकुटीमण्डप प्रवेशको मूल गेट नै बन्द गरेपछि हातमा रड बोकेका कार्यकर्ताले महाधिवेशनको मूल ब्यानरमा च्याते ।

उद्घाटनस्थल प्रवेश गर्न नपाएका कार्यकर्ता स्पष्ट रुपमा दुई खेमामा विभाजित देखिन्थे । माधव नेपाल पक्षीय कार्यकर्ता पर्यटन वोर्ड साइडमा छन् भने, केपी ओली पक्षीय कार्यकर्ता भने पद्मोदय मोड पट्टी रहेका छन् । नेपाल पक्षीय कार्यकर्ताको संख्या बढी देखिन्थ्यो भने उनीहरु निकै आक्रोशित देखिन्थे । तुलनात्मक रुपमा केपी ओली पक्षीय कार्यकताको संख्या कम थियो भने उनीहरु केही सम्यमित देखिन्थे । उनीहरुले उद्घाटन सत्रमा प्रवेश गर्न नपाएको विरोधमा मुल गेटमा रहेको प्रवेशद्वार नै तोडफोड गरेका थिए । कार्यकर्ताले तोडफोड गरेपछि महाधिवेशनस्थलमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कार्यकर्ताले भने ‘सक्छौ भने गोली ठोक’ भन्दै नारावाजी गरेका थिए ।

महाधिवेशन उद्घाटन समारोहलाई बन्दसत्र जसरी प्रतिनिधिहरुबीच मात्र आयोजना गरेर कार्यकर्ता तथा समर्थकलाई प्रवेश निषेध गरेको भन्दै आक्रोशित कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उद्घाट समारोहमा भाग लिन विभिन्न जिल्लाका गाउँ गाउँबाट आएका कार्यकर्ताहरु भित्र जान नपाएपछि प्रदर्शनी मार्गमा जम्मा भएर नारावाजी गरेका छन् ।


  •  
  •  
  •