स्वराजले बामदेवसँग भेट्न मानिनन् ?

230
  •  
  •  
  •  

bamdev1

काठमाडौं, १० साउन (ओएनएस) : नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमसँग भेटन ‘अस्वीकार’ गरेकी छन् ।

स्वराजसँगको भेटका लागि लैनचौरस्थित मल्ल होटलमा पुगेर १ घण्टा कुरेका गौतमले भेट गर्न नपाएको स्रोतले बतायो । आज दिउँसो ३ बजे भेट्ने कार्यक्रम तयभएअनुसार गौतम साढे २ बजेनै मल्ल होटल पुगेका थिए । तर, ४ बजेसम्म पनि स्वराज नआएपछि गौतम फर्किएका थिए ।

नेकपा एमालेको कार्यबाहक अध्यक्षको हैसियतमा गौतमले स्वराजसँग भेटने कार्यक्रम थियो । यस विषयमा गृहमन्त्री गौतम भने बोल्न मानेनन् । उनको निजी सचिवालय पनि यो विषयमा कुरा गर्न तयार भएन । नेकपा एमालेका अध्यक्ष केपी ओली उपचारका लागि सिंगापुर गएपछि गौतम कार्यबाहक अध्यक्ष छन् । नेकपा मालेको महासचिव छदा गौतमले महाकाली सन्धीको चर्को बिरोध गरेका थिए ।  स्रोतका अनुसार भारतीय दुतासावले आज समयाभाव भएको र अर्को दिन भेटने बताएको छ ।


  •  
  •  
  •