काठमाडौँ, ३ चैत्र(ओएनएस) : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले विभाजनमा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको कुनै संलग्नता नरहेको दावी गरेका छन् ।
कांग्रेसको महाधिवेशनपछि सरकार सरकार परिवर्तनको कुराहरू भइरहेको अवस्थामा खड्काले ओली सरकार तत्काल ढाल्ने दावी गर्दै एमाले विभाजनका क्रममा पनि आफ्नो हात रहेको बताएर यसको साक्षी गौतम भएको अभिव्यक्ति दिएपछि नेता गौतमले उक्त कुराको खण्डन गरेका हुन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै खड्काको उक्त अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । खुमबहादुर खड्काजस्ता मान्छे एमाले विभाजनमा लागेको आफूले थाहा पाएको भए पार्टी नै नफुटाउने भन्दै गौतमले पछुताऊ समेत गरेका छन् ।
गौतमले विज्ञप्तिमा भनेका छन्, ‘उनले (खुमबहादुरले) मलाई त्यसबेलाका आइजीपी अच्युतकृष्ण खरेललाई हटाउने विषय तपाईले उठाउनुहोला, गिरिजाबाबुले मान्नुहुन्छ भनेर सुझाव दिएका थिए, त्यसलाई मैले अडान राख्नाले कोइराला सरकारमा सामेल भैसकेपछि त्यही कारण सरकारबाट हट्नुपर्यो ।’