वामदेवको ब्लडप्रेसर !

165
  •  
  •  
  •  

काठमाडौं २१ असार (ओएनएस) । कार्यवहाक प्रधानमन्त्री र नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, कार्यबोझका हिसावले बामदेव यतिवेला देशकै सर्वाधिक व्यस्त व्यक्ती ।

प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि विदेशमा रहेका कारण गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका कार्यबहाक प्रधानमन्त्रीको दैनिकी व्यस्त हुने नै भयो । त्यसमा पनि महाधिवेशन चलिरहेको पार्टीको वरिष्ठ उपाध्यक्ष र एउटा कोलिसनको मुख्य हिस्सेदार नेता ।

bamdev
प्रेसर नपाउँदै वामदेव गौतम । तस्वीर : ओएनएस

तै पनि बामलेवले रक्तचापलाई ‘कन्ट्रोल’ गरेका रहेछन् । भृकुटी मण्डपमा जारी नेकपा एमालेको नवौ महाधिवेशनको बन्दशत्र सुरु हुनु भन्दा केही समय पहिले वामदेव आफ्नो ‘प्रेसर’ नाप्न पुगे । बामदेव ‘प्रेसर’ नाप्न आएपछि एकछिन् कार्यकर्ताको भीड लाग्यो । त्यस्तो भीडभाड र दोहोरो जिम्मेवारी सम्हालेका वामदेवको ‘प्रेसर’को ‘रिर्पोट’ भने सामान्य थियो । ‘प्रेसर’ नाप्न बसेकी स्वास्थ्य स्वंय सेविकाले रिर्पोट सुनाइन ‘१ सय २० बाइ ८०’


  •  
  •  
  •