गृहमन्त्रीले आकाशबाट पनि हेरेनन् बाढी प्रभावित क्षेत्र

169
  •  
  •  
  •  

काठमाडौं २ भदौ ।
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि आईतबार जिल्ला दौडाहमा निस्कीएका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम बाढी प्रभावितहरुलाई नभेटी फर्केका छन्।

हेलिकोप्टर मार्फत बाढी प्रभावित क्षेत्रको अनुगमनमा निस्कीएका गृहमन्त्री गौतमले दाङ,बाँके,बर्दिया र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग मात्रै बाढीले निम्त्याएको क्षति बारे बुझे। तर बाढी प्रभावित क्षेत्रलाई उनले हेलिकोप्टरबाट पनि हेर्न सम्म पनि भ्याएनन्। पिडितको उद्धार तथा राहतका लागि पहल थाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएर गृहमन्त्री पुनःहतारिदै उडे। चाँडै काठमाडौँ फर्कनु पर्ने भन्दै गौतमले भने ‘हामी हतारमा छौँ,हाम्रो टिम बिदा चाहन्छ।’ हेलिकोप्टरबाट ओर्लेर दर्जनौ पार्टी कार्यकर्ता सहित सिधै जिल्ला प्रशासन कार्यालयमा पुगेका उनले झण्डै आधा घण्टा भाषण गरे।

दाङको जिल्ला प्रशासन कार्यालयमा गौतमले पत्रकार संग भने ‘हामीहरु बाढी प्रभावित क्षेत्रको निरिक्षणमा आएका हौँ,तर पिडितहरुसंग यसपटक भेट्न सकेनौ’ गौतमले भने। उनले हेलिकोप्टरको व्यवस्था गर्न ४ घण्टा ढिला भएका कारण पनि बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्न नसकेको बताए।

उनले भने ‘हेलिकोप्टर व्यवस्था गर्न ढिला भएका कारण बाढी प्रभावित सवै क्षेत्रको निरिक्षण गर्न सकेनौ।’ पत्रकारसंग गौतमले मध्यपश्चिम क्षेत्रमा बाढीले निम्त्याएको विपत्तिलाई सरकारले प्रमुख मुद्धाका रुपमा लिएको बताए। उनले बाढी प्रभावितहरुको स्वास्थ्य उपचार तथा अन्य हरेक राहतका सम्पूर्ण सामाग्री वितरण गर्ने सरकारले निर्णय गरिसकेको बताए। सरकार बाढी प्रभावितहरुको उद्धारका लागि सवै शक्ति प्रयोग गरेर लाग्ने समेत बताए।

गृहमन्त्रीलाई दाङका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले जिल्लामा बाढीले निम्त्याएको विपत्ति बारे जानकारी गराएका थिए। प्रजिअ गौतमले जिल्लामा १४ जनाको मृत्यु भएको,५ सय १३ घर भत्कीएको तथा जिल्लाको अतिविकट बाढी प्रभावित क्षेत्र पुरन्धाराको गंगटेमा बाटोको असुविधाका कारण राहत सामाग्री पुर्या उन नसकिएको बताएका थिए। प्रजिअले जिल्लाको अवस्थाबारे जानकारी गराएपछि गृहमन्त्री गौतमले विकट क्षेत्रका बाढी प्रभावितहरुको उद्धारका लागि सोमवार देखि हेलिकोप्टरको व्यवस्था गरिने जानकारी दिए। नागरिकबाट


  •  
  •  
  •