ओलीमाथि अविश्वास प्रस्ताव लैजाँदा मलाई सोधिएनः वामदेव गौतम

492
  •  
  •  
  •  


काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा आफूले जानकारी नपाएको बताएका छन्।

बिहीबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै नेता गौतमले, ‘अविश्वासको प्रस्तावबाट आफ्नै नेतालाई पराजित गर्ने कुरा मैले सोचेको थिइनँ, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अविश्वास प्रस्ताव लैजाँदा मलाई सोधिएन।’

उपाध्यक्ष गौतमले आफू अझै पार्टी एकताका लागि प्रयासरत रहेको पनि बताए । गौतमले एकता अपरिहार्य रहेको बताए। उनले भने, ‘एक्लै एकताको माहोल बनाउन सकिन्नँ कि भनेर म संगठनात्मक संरचना निर्माण गरेर पनि जाने पक्षमा छु। र मलाई लाग्छ पार्टीको बीचमा एकता अपरिहार्य छ ।’

गौतमले अहिले विभाजित रहेको पार्टीमा आफू कुनै पक्षमा नरहेको प्रष्ट पारे।
नेकपा राजनीतिक रुपमा विभाजित भएको र कानुनी रुपमा के हुने भन्ने प्रतीक्षाको विषय रहेको उनले बताए।

‘अदालतमा ऋषि कट्टेलले मुद्दामा जिते भने के होलारु एउटा पक्ष नेकपा एमाले र अर्को पक्ष नेकपा माओवादी हुने होला’, उनले भने।

पार्टीमा संघर्ष र अन्तरसंघर्ष स्वाभाविक भएको गौतमले बताए। उनले देखा परेका समस्यालाई ढंगले दिने नेता हुने उनले बताए।


  •  
  •  
  •