देउवा मोदी गोप्य बार्ताप्रति एमालेको आपत्ति

201
  •  
  •  
  •  

Bamdev-Gautam

काठमाडौं, १० भदौ (ओएनएस) : नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले भारतले नेपाललाई डोक्लाम विवादमा तान्न खोलेको आरोप लगाएका छन् ।

नेकपा एमालेको जनसंठनहरुको अगुवा कार्यकर्ता भेलालाई शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वतन्त्र नेपाललाई आफ्नो पक्षमा तान्न खोजेको बताए ।

नेपालको भारत र चीन दुबै राष्ट्रसँग विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेता गौतमले नेपाल कसैको पक्षमा पनि नलाग्ने जिकिर गरे । भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नरेन्द्र मोदीसँग गोप्य भेटवार्ता गरेकोमा पनि आपत्ति जनाएका छन् ।

उनले भारतीय आँगनमा पुगेर देउवाले संविधान संशोधन गर्ने प्रतिबद्धता भन्दै त्यसको पनि विरोध गरे ।  उनले माओवादी कांग्रेस स्थानीय तहको अधिकार कटौती गर्ने रणनीतिमा लागेको आरोपसमेत लगाएका छन् ।


  •  
  •  
  •