गृहमन्त्रीलाई धानको माला, उर्जामन्त्री ‘खाट्टी’ रोपार, हेर्नुहोस् फोटोफिचर

340
  •  
  •  
  •  

काठमाडौं, १५ असार (ओएनएस) :  देशभरका किसानलाई रोपाईको चटारोले छोप्दै गर्दा गृहमन्त्री बामदेव गौतम मंगलबार अखिल नेपाल किसान महासंघले गरेको रोपाई कार्यक्रममा सहभागि बनेका छन् ।

एकालेको भातृ संगठन संघले काठमाडौंको तारकेश्वर नगरपालिका– १५ स्थित धर्मस्थलीमा रोपाई कार्यक्रमको आयोजना गरेको थियो

महासंघका अध्यक्ष समेत रहेका गृहमन्त्री गौतमलाई कार्यक्रममा धानको बिउको माला लगाएर स्वागत गरिएको थियो ।

कार्यक्रममा उर्जामन्त्री तथा संघकी उपाध्यक्ष राधा ज्ञवाली खट्टी रोपारको रुपमा उपस्थित भएकी थिइन् । मन्त्री ज्ञावली चोलो र फरियामा अरु रोपार झै खेतमा पुगेर धान रोपेकी थिइन् ।ashar 15 Ropai (1)

रोपाई कार्यक्रम प्रारम्भ हुनुअघि स्थानीयवासीको स्वागत कार्यक्रममा बोल्दै गौतमले नेपालको कृषि क्रान्ति आधुनिकीकरण तर्फ जानु अनिवार्य आवश्यकता भइसकेको बताउँदै उक्त कार्य अखिल नेपाल किसान महासंघको पहलमा हुने स्पष्ट परे ।

उनले भूकम्पबाट विस्थापित किसान जनतालाई पुनस्र्थापनाको थालनी एमालेले गर्ने बताउँदै भने, ‘निकट भविष्यमै हाम्रो पार्टीको नेतृत्वमा गठन हुने सरकारले किसान जनताको पुनस्र्थापना, पेशागत तथा व्यवासायिक हितका लागि ठोस पहल गरिनेछ ।’

ashar 15 Ropai (2) ashar 15 Ropai (5) ashar 15 Ropai (6)


  •  
  •  
  •