प्रक्रियामा नआउनेहरु जनताबाट बहिष्कार हुन्छन् : उपप्रधानमन्त्री गौतम

265
  •  
  •  
  •  

bamdev gकाठमाडौं, १६ माघ (ओएनएस) :  उपप्रधान् एवम् गृहमन्त्रीवामदेव गौतमले प्रक्रियाबाटै आगामी चार महिनाभित्रमा नै मुलुकले नयाँ संविधानपाउने ठोकुवा गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका गृहमन्त्री गौतमल एमाओवादी र मधेशवादीद लहरुले संविधानसभाबाट संविधान जारी नचाहेको उल्लेख गर्दै भने–‘हामीले त उहाँहरुलाई संविधान लेखनको यो महान अभियानमा सहभागी हुन आग्रह गरिरहेका छौं, अब उहाँहरु आउनु भएन भने उनीहरु जनताबाट बहिष्कार हुने निश्चित छ ।’

मन्त्री गौतमले लोकतान्त्रिक विधि र प्रक्रियामा बहुमतको उच्चकदर हुनुपर्ने ठाउँमा अल्पमतले बहुमतलाई खेलाउन खोजेको आरोप लगाए । उनले भने–‘संविधानसभाभित्र रहेका १ सय ५० जना सभासदहरुले ४ सय ५० जनालाई घुर्की लगाउन मिल्दैन, तीन चौथाई सभासदहरुले अघि बढाएको प्रक्रियाबाटै मुलुकले नयाँ संविधान पाउँछ, म यसमा पूर्णरुपमा विश्वस्त छु ।’

संविधानजारी भएपछि मुलुक सामाजिक आर्थिक रुपान्तरणमा लाग्ने भन्दै नयाँ संविधान जारी भए पछि सुन्दर नेपाल बन्ने विश्वास पनि उनले व्यक्त गरे ।

स्वर्गद्धारी प्युठान दोस्रो महोत्सव–२०७१ को बारेमा जानकारी दिन आयोजित विशेष कार्यक्रममा मन्त्री गौतमले उक्त मेलाले कृषि, पर्यटन, उर्जा र औद्योगिक विकासका लागि ठूलो योगदान पुर्याउने बताए । उनले प्यूठानको प्रतिष्ठित् धार्मिक स्थल स्वर्गद्धारीमा आगामी छ सात महिना भित्रमै विमानस्थल निर्माण गर्ने पनि जानकारी दिए ।

नौमुरी जलविद्युत आयोजना प्युठानकै लागि सबैभन्दा महत्वपूर्ण आयोजना भएकोले उत्त mआयोजना सफल भएसँगै विद्युत, मत्स्यपालन, सिँचाई र पर्यटन विकासमा ठूलो मद्यत पुग्ने समेत मन्त्री गौतमको दाबी छ । त्यसैगरि विगत ३५ वर्षदेखि अध्ययनरत उक्त ५०० मेगावाट विद्युत क्षमता भएको जलविद्युत अयोजनामा आगामी तीन वर्षभित्र सबै अध्ययन पूरा गर्ने र १० वर्षभित्र आयोजना सम्पन्न गर्ने समेत विश्वास ब्यक्त गरे ।


  •  
  •  
  •