प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न वामदेवको आग्रह

46
  •  
  •  
  •  

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान् रामको जन्म नेपालमा भएको भनी दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार भानुजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरी अयोध्या भारतमा खडा गरेर रामलाई भारतीय बनाएको दाबी गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमले प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई यसबारेमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

आफूलाई प्रधानमन्त्रीले यो विषय दुई वर्षअघि नै सुनाएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो ।’

~~राम जन्मभूमि र विवाद~~नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क.केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै…

Bamdev Gautam यांनी वर पोस्ट केले मंगळवार, १४ जुलै, २०२०

प्रधानमन्त्री र सत्तारुढ पार्टीका अध्यक्षसमेत रहेका ओलीले चाहँदा यस विषयमा अनुसन्धान र सबै तथ्य जुटाउन सक्ने पनि उल्लेख गरेका छन् ।
यसअघि अर्का नेता नारायणकाजी श्रेष्ठ, भीम रावललगायतले पनि यस्ता अप्रमाणित कुरा ल्याएर बहसलाई विषयान्तर नगर्न आग्रह गरेका थिए ।


  •  
  •  
  •