केआरकेले कसको नितम्ब ठूलो भन्दै ट्विटरमा सर्वेक्षण गरेपछि…

280
  •  
  •  
  •  

एजेन्सी/ आफ्नो विवादित ट्विटर भनाइका कारण हमेसा चर्चामा रहने अभिनेता कमाल रासिद खान (केआरके)ले एकपटक फेरि सामाजिक सञ्जालमा बलिउड अभिनेत्री परिणिती चोपडा, सोनाक्षी सिन्हा र क्याट्रिना कैफबारे आपत्तिजनक बयान दिएका छन् ।

कमाल आर खानले ट्विट गरेका छन्, ‘यो निकै निराशाजनक कुरा हो । हलिउड अभिनेत्री किम कार्दसियनजस्तो बटस् बलिउड अभिनेत्री कसैको पनि छैन ।’ त्यसपछि उनले अर्को ट्विटमा लेखेका छन्, ‘बलिउडमा सबैभन्दा ठूलो बट्स दीपिका पादुकोणको छ भने रिट्विट गर्नुहोस् ।’ यसै सन्दर्भमा उनले सोनाक्षी सिन्हा र परिणिती चोपडाबारे पनि ट्विट गरेका छन् ।

यसबारे अभिनेत्री सोनाक्षीले कडा प्रतिक्रिया जनाएकी छिन् । उनले भनेकी छिन्, ‘कमाल आर खान महिलाको इज्जत गर्दैनन्, यिनलाई उल्टो झुन्ड्याएर चार
थप्पड हान्नुपर्छ ।’

त्यसपछि केआरकेले लेखेका छन्, ‘सोनाक्षी सिन्हा म तपाईंसँग माफी माग्न चाहन्छु, यदि तपाईंलाई यो अपमानजनक लागेको भए । तर, बलिउडका सबैभन्दा सेक्सी अभिनेत्री चयन गर्न एउटा सर्भे हो । यदि तपाईंलाई यो अपमानजन लागेको भए यो प्रतिस्पर्धाबाट तपाईंलाई बाहिरै राख्छु ।’

त्यसलगतै उनले सोनाक्षीसम्बन्धित पोस्ट पनि हटाएका छन् । तर, केआरकेले यस्तो विवादास्पद ट्विट गर्न छाडेका छैनन् । उनले इलिआना र बलिउड गायक सुनिधि चौहानको विषयमा पनि ट्विट गरेका छन् ।
नयाँपत्रिका


  •  
  •  
  •