आज बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस

नेपालमा १६ लाखभन्दा बालश्रमिक
133
  •  
  •  
  •  

काठमाडौं । आज बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यो वर्ष ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन’ भन्ने नाराका साथ दिवस मनाइँनैछ । अन्तर्राष्ट्रिय श्रम संगठन ‘आईएलओ’को महासन्धि पारित गरेको जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । श्रमशक्ति सर्वेक्षणका अनुसार नेपालमा बालश्रमिकको संख्या दुई लाख ८६ हजार छ ।

नेपालमा सन् २०२५ सम्ममा सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखिएको छ । आईएलओको तथ्याङ्कअनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १६ लाखभन्दा बालश्रमिक छन् । तीमध्ये ६ लाखभन्दा बढी बालश्रमिक जोखिमयुक्त पेशा ब्यवसायमा आवद्ध रहेको पाइन्छ ।

नीजि प्रयोजनका लागि काम लगाइएका र सेवा प्रदायक काममा राखिएका बालबालिका २१ देखि २५ लाखको संख्यामा छन् ।

होटल, पर्यटन, मनोरञ्जन, उद्योग लगायतका क्षेत्रमा बालश्रमिक रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •