बालविवाह र बालश्रम अन्त्य गर्न सचेतना आवश्यक

524
  •  
  •  
  •  

लमजुङ । २० औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लमजुङको बेसिशहरमा ‘बालविवाह र बालश्रम अन्त्यका लागि युवाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

बालविवाह र बालश्रम अन्त्य गर्ने प्रतिवद्धताका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले समाजमा रहेका नकारात्मक कुरालाई हटाएर विकासका लागि काम गर्नुपर्ने बताए ।

सबै युवा एकै ठाउँमा भेला गराएर सकारात्मक कार्यक्रम र जनचेतना फैलाउनुपर्ने उनको जोड थियो ।
यस्तै बेसिशहर नगरपालिका उपप्रमुख लक्ष्मी अधिकारीले बालविवाह र बालश्रम जस्ता घटनाहरु समाजमा अझै घटिरहेको भन्दै न्यूनिकरणमा सबैको साथ र सहयोग आवश्यक पर्ने बताइन् ।

सो अवसरमा  जिल्ला प्रहरी कार्यालयका सई आनन्द बस्नेत र जिल्ला सामुदायिक अस्पताल शोभा ठकुरीले बालविवाहका र बालश्रम सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेसिशहर नगरपालिका ८ का अध्यक्ष पवित्रा थापा राना, जिल्ला युवा समितिका अध्यक्ष विवश बुढाथोकी, बेसिशहर नगरपालिका महिला तथा बालविकास शाखाका मैयादेवी कुमाल, शिक्षा महासंघ लमजुङका अध्यक्ष तिर्थ न्यौपाने, बेसिशहर नगर युवा सञ्जालका अध्यक्ष निश्चल पाण्डेलगायतले मन्तव्य राख्दै बालविवाह र बालश्रमलाई अन्त्य गर्न सचेतनामूलक कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा रोट्रयाक्ट क्लव अफ लमजुङकी अध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रमले बालविवाह र बालश्रम अन्त्य गर्न सहयोग पुग्ने बताइन् ।

रोट्रयाक्ट क्लब अफ लमजुङ, बेसिशहर नगर युवा सञ्जाल, एकता स्काई क्लबको संयुक्त आयोजना एवं जिल्ला युवा समिति लमजुङको समन्वयमा भएको कार्यक्रममा स्काइ क्लवले सचेतनामूलक नाटक प्रस्तुत गरेको थियो ।


  •  
  •  
  •