बलोन डि ओर अवार्ड: मेस्सी र रोनाल्डोको बराबरी

354
  •  
  •  
  •  

मंसिर २२- क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर अवार्ड हात पारेका छन् । रोनाल्डोले मेस्सी र नेयमारलाई पछि पार्दै उपाधि जितेका छन् । मेस्सी दोस्रो र नेयमार तेस्रो भए । २००८ , २०१३ , २०१४ , २०१६ र २०१७ मा गरेर यो रोनाल्डोको पाँचौ उपाधि हो । यो उपाधिसँगै रोनाल्डोको मेस्सीसँगको उपाधिमा बराबरी भएको छ ।  

गएको सिजन रोनाल्डोले म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पोर्चुगललाई युरो कप२०१६ जित्न महत्वपूर्ण भुमिका खेलेका रोनाल्डोले म्याड्रिडका लागि अघिल्लो सिजन सबै खेलहरुमा ४२ गोल गरेका थिए ।

रोनाल्डोले ९४६ अंक प्राप्त गरेका थिए भने दोस्रो भएका मेस्सीले ६७० अंक प्राप्त गरे। त्यस्तै हाल पेरिस सेन्ट जर्मनमा रहेका नेयमार ३६१ अंकसहित तेस्रो भए । शीर्ष दशमा क्रमश जियानलुइजी बुफोन, लुका मोड्रिच, सर्जियो रामोस, किलियन बाप्पे, एन्गोलो कान्टे, रोबर्ट लेवान्डोस्की र ह्यारी केन छन् ।

फ्रान्स फुटबलले प्रदान गर्ने यस अवार्डमा ६ वर्ष फिफाको पनि साथ थियो । तर सेप्टेम्बर २०१६ यता फिफाले यस अवार्डबाट आफ्नो सहभागिता फिर्ता लिएको हो । बलोन डिमा ओर संसार भरका १ सय ७३ पत्रकारहरूले भोट गर्छन् ।


  •  
  •  
  •