फिलिप हग्सको ज्यान लिने बल नष्ट

182
  •  
  •  
  •  

phil-hugesकाठमाडौ, १२ चैत(एजेन्सी) : फिलिप हग्सको मृत्युले पूरा क्रिकेट जगत अहिलेसम्म पनि चिन्ताबाट उठ्न सकेको छैन् । उक्त घटनाले हरेक क्रिकेटरको दिमागमा जरो गाडेकै छ । कुनै पनि बलरले अलिकति बाउन्स गरेर ब्याटस्म्यानलाई लागे हत्त न पत्त ब्याटस्म्यानको नजिकै पुगेर केही भएको त छैन् भनेर सोधपुछ गरिरहेको दृश्य क्रिकेट मैदानमा धेरै देखिन्छ ।

यसैबीच फिलिप हग्सलाई लागेको बल न्यु साउथ वेल्स क्रिकेट संघले नष्ट गरेको छ । उक्त घटना डरबाट मुक्ति दिलाउनका लागि उक्त बल नष्ट गरिएको समाचारमा जनाइएको छ । तर, पिचलाई भने केही गरिएको छैन् भने उक्त पीचमा यस संस्करणमा कुनै पनि खेल खेलिएको छैन् ।

२५ वर्षीय हग्सको सिड्नी क्रिकेट ग्राउण्डमा दक्षिण अष्ट्रेलिया र न्यु साउथ वेल्सबीच भएको खेलका दौरान सीन एबोटको बाउन्सर लागेर २७ नोभेम्बरमा मृत्यु भएको थियो ।

उक्त बलबारे सोधपुछ गर्दा न्यु साउथ वेल्स क्रिकेट संघका अधिकारीले सो बल नष्ट गरिएको बताएका छन् ।

संघका सञ्चार व्यवस्थापक जोडी हकिन्सले भने, ‘त्यो दिन प्रयोग गरिएको उक्त बल नष्ट गरिएको छ । यो संवेदनशील मुद्धा थियो । हामीले यस्तो केही सामान राख्न चाँहदैनौ जसले गर्दा हामीलाई पिडा होस् । क्रिकेट न्यु साउथ वेल्सले सामूहिक रूपमा यस्तो फैसला गरेको हो । यदी मलाई सोध्नु हुन्छ भने बललाई कसरी नष्ट गरिएको थियो भन्ने कुरा म तपाईलाई बताउन सक्दिन । म मात्र यति जान्दछु की बललाई दोस्रो पटक देख्न सकिदैन ।’

यसका अलावचा जुन पिचमा खेल्दा हग्सलाई चोट लागेपछि त्यसलाई पुन संस्करणमा प्रयोग गर्न सकिदैन । हकिन्सले भने, ‘एससीजी माथि जुन पिचमा उक्त घटना घटेको थियो त्यसमा अन्य कुनै खेल हुनेछैनन् । पिचमा एउटा पनि खेल भएको छैन् ।’ उनले थपे, ‘तर, आगामी नयाँ संस्करणमा भने उक्त पिचमा खेल खेलाइने फैसला गरिएको छ ।’


  •  
  •  
  •