बालकृष्ण ढुंगेलको मुद्दा पन्छाए प्रधानन्यायाधीशले

69
  •  
  •  
  •  

काठमाडौं २० भदौ ।
प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माले एमाओवादीका पूर्वसभासद बालकृष्ण ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा सजाय तोक्ने गरी भएको अन्तिम फैसला कार्यान्वयनका लागि दिएको रिट निवेदन हेर्न नभ्याएको कारण देखाएर इजलासबाट पन्छाएका छन् ।
उक्त मुद्दा प्रधानन्यायाधीश शर्मा, न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको विशेष इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । रिटमा अन्तिम सुनुवाइका लागि पुगेका कानुन व्यवसायी हेर्दाहेर्दै को सूचीबाट हटाउन आदेश भएको देखेर आश्चर्यमा परे ।
ढुंगेललाई २०६८ मंसिर ७ गते दायर भएको उक्त रिटमा अव पुनः सुनुवाइ गर्नपर्ने भएको छ । भाई उज्जनकुमार श्रेष्ठलाई व्यक्तिगत रिसइविमा हत्या गरेको दाबी सहित ढुंगेललाई सर्वस्वसहित जन्मकैद तोक्ने सर्वोच्चबाट भएको फैसला कार्यान्वयन माग राखेर दिदी सावित्रीले रिट दिएकी हुन् ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •