राजनीतिक गतिरोध अन्त्य गर्न एमाले बाधक : रक्षामन्त्री खाँड

595
  •  
  •  
  •  

bal krishna khandरुपन्देही, १५ माघ (ओएनएस) : रक्षामन्त्री बालकृष्ण खाँणले सविधान कार्यान्वयनका लागि चुनावमा जानुको विकल्प नरहेको बताएका छन् ।

सविधानमा उपलब्ध हकअधिकारहरु सुनिश्चितका लागि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री खाँणले चुनावको मिति छिट्टै घोषणा गरिनु पर्ने बताए ।

मुस्लिम सघं रुपन्देहीको दोस्रो जिल्ला अधिवेशनको शनिवार भैरहवामा उद्घाटन गर्दै मन्त्री खाँणले सबै राजनीतिक दललाई सहमतिमा ल्याएर चुनाव गराउन सरकार लागिपरेको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री खाँणले जारी राजनीतिक गतिरोध अन्त्य गर्न एमाले बाधक बनेको समेत चर्चा गरे । एमालेले पञ्चायती र राजतन्त्रले अपनाए जस्तो पाटो अपनाएर आफूहरु बाहेक अरु सवैलाई राष्ट्रघाती देख्दा राजनीतिले निकास पाउन नसकेको उनले बताए ।

‘नेपालको रक्षा, विकास सवै नेपाली मिलेर गरीरहेका छन्,’ उनले भने,‘ तर एमालेले आफु बाहेक अरु सवैलाई राष्ट्रघातीको सज्ञां दिईरहदा निकास निस्कन सकेको छैन ।’

नेपालको एकीकरण, राष्ट्रियता संरक्षण र लोकतान्त्रिक आन्दोलनमा मुश्लिम समुदायको ठूलो योगदान रहेको भन्दै उनले कांग्रेसले मुस्लिम समुदायको योगदानलाई सम्मान गरिरहेको बताए ।

कांग्रेस रुपन्देहीका सभापति एवं सासंद अब्दुल रज्जाकले मुस्लिमहरु समुदाय इतिहासदेखि लोकतन्त्रको पक्षमा रहेकाले मुस्लिम कहिले पनि कम्युनिष्ट हुन नसक्ने जिकिर गरे ।


  •  
  •  
  •