बेल्जियम राजकुमारी चितवनमा

72
  •  
  •  
  •  

काठमाडौं । साताव्यापी नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी एस्ट्रिड चितवन पुगेकी छन् । चितवन र नवलपरासीको भ्रमणका लागि एस्ट्रिड बुद्ध एयरको विमानबाट भरतपुर पुगेकी हुन् । एस्ट्रिडलाई भरतपुर विमानस्थलमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाहलगायतले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

राजकुमारी एस्ट्रिडले नेपाल भ्रमणका क्रममा आफूले पाएको माया र स्वागतले खुसी भएको प्रतिक्रिया दिईन् । आजै नवलपरासीको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पताल क्षयरोग पोषण केन्द्रको राजकुमारी र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम छ ।

श्रीमानसहित चितवन पुगेकी उनले दुई दिन चितवन राष्ट्रिय निकुन्ज घुम्ने बताइएको छ । आफ्नो भ्रमण पूरा गरी उनी माघ ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।


  •  
  •  
  •