यी बलिउड अभिनेत्रीले लगाइन् पूर्व श्रीमानमाथि यस्ताे आरोप, जसकारण पुगे प्रहरी हिरासतमा

161
  •  
  •  
  •  

काठमाडौं,८ भदाैँ (एजेन्सी) : भारतीय अभिनेत्री सोफिया हयातले आफ्ना पूर्व श्रीमानमाथि धोकाधाँडीकाे अाराेप लगाएकी छन्। सोफियाले आफ्ना पूर्व श्रीमानविरुद्ध मुद्दा दर्ता गराउँदै धाेकाधाँडीकाे अाराेप लगाएकी हुन्।

मुद्दा दर्ता भएपछि पूर्व श्रीमानलार्इ प्रहरीले पक्राउ गरेकाे छ। स्पटब्वईका अनुसार उनलाई लण्डनस्थित एक परफ्युमको शोरुमबाट पक्राउ गरिएको हो ।

सोफियाले पूर्व श्रीमानले धोका दिएको भन्दै उनीसँग नाता ताडेको र घर निकाला गरेको जानकारी सोसल मिडियामार्फत दिएकी थिइन् । उनले विवाहको केही महिना पछि नै श्रीमानलाई शैतान बताउँदै पूर्व श्रीमान् भ्लाद ऋणमा डुबेको र रकम असुल्नका लागि आफूलाई प्रयोग गरिरहेको बताएकी थिइन् । सोफियाले पुलिसमा मुद्दा दर्ता गरेपछि भ्लाद फरार भएका थिए ।


  •  
  •  
  •