बालिका बलात्कारको आरोपमा अमेरिकी नागरिक पक्राउ

373
  •  
  •  
  •  

काठमाडौं । नेपाली बालिकालाई बलात्कार गरेको अभियोगमा अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको सिआइबीको टोलीले ४० वर्षका जासन लोर्ड मुडिलाई पक्राउ गरेको हो ।

आइतबार एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउस, कोठा नं १०४ बाट तीन बालिकालाई पैसा दिने र मिठो खानेकुरा दिने भन्दै बलात्कार गरेको ती अमेरिकी नागरिकलाई आरोप लागेको छ ।

प्रहरीले गेष्ट हाउसमा छापा मारेर ३ जना बालिकाको उद्धार गरेको हो । उनी बाल यौन दुराचार जस्तो जघन्य अपराधमा संलग्न रहेको समेत खुल्न आएको एसपी वेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।


  •  
  •  
  •