नेकपा सचिवालय बैठकस्थलमा प्रवेश गर्न खोज्ने बालिका खड्का पक्राउ

620
  •  
  •  
  •  

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग आफ्नो सम्बन्ध रहेको भनी विवादमा रहेकी बालिका खड्का पक्राउ परेकी छन्।

नेकपाको पेरिस डाँडास्थित पार्टी कार्यालयमा नेकपाका शीर्ष नेताहरुको बैठक जारी रहेकै बेला सो कार्यालयमा प्रवेश गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो। प्रधानमन्त्री तथा अन्य शीर्ष नेतासहितको बैठक बस्ने भएपछि पेरिसडाँडा कार्यालय र वरपर कडा सुरक्षा व्यवस्था गरिएको छ।
‘ठूलो नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई प्रहरी प्रभाग कोटेश्वरमा राखेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग अंश दाबी गर्दै मुद्दा दर्ता गरेकी उनले गतसाता मुद्दा फिर्ता लिएकी थिइन्। उनले आफूलाई शेरधनकी श्रीमती भएको दाबी गर्दै मुद्दा दिने दोलखाको कालिन्चोक गाउँपालिका ४ की ३२ वर्षीय खड्काले बुधबार मुद्दा फिर्ता लिएकी थिइन् ।

उनले मुद्दा फिर्ताका लागि जिल्ला अदालत काठमाडौमा दिएको निवेदनमा शेरधनसँग अंश दाबी गर्नका लागि श्रीमान श्रीमतीको नाता कायम नभएको र हुन सक्ने आधार समेत नभएको र वास्तविक रुपमा समेत त्यस्तो सम्बन्ध नरहेको उल्लेख छ।


  •  
  •  
  •