आज बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुल्ला

46
  •  
  •  
  •  

काठमाडौं । आज तिहारको भाइटिका, रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर सर्वसाधारणलाई प्रवेश खुल्ला गरिने भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दरसँग छलफल गरेर बालगोपालेश्वर मन्दिर खुल्ला गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको रानीपोखरी गएको कात्तिक ५ गते उद्घाटन गरेकी थिइन् । २०७२ साल बैशाख १२ मा गएको भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएको थियो । दिदीबहिनी नहुनेका लागि तिहारको टिकाका दिन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष खुला गरिने गरिन्छ । गत वर्षहरुमा भने पुनर्निर्माणको काम नसकिएकाले मन्दिर खुल्ला गरिएको थिएन् ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक तिहारको भाइटिकाको दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।


  •  
  •  
  •