१०.६ मेगावाटको बलेफी ए जलबिद्युत आयोजना निमार्ण सुरु

399
  •  
  •  
  •  

सिन्धुपाल्चोक, २६ मंसिर (ओएनएस) :  निजी क्षेत्रको लगानीमा बन्न लागेको सिन्धुपाल्चोकको वलेफी ए जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । मुनलाईट हाईड्रो पावर कम्पनीद्वारा निर्माण गरिने १०.६ मेगावाट क्षमताको योे आयोजना सन् २०१८ को जुलाईमा सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएको हो ।

वलेफी–जलविरे सडक खण्डको नौविसेवाट आयोजना स्थल सम्म पुग्ने मार्गको काम सम्पन्न भईसकेको हाईड्रो पावर कम्पनीका अध्यक्ष वीरेन्द्रवहादुर न्यौपानेले जानकारी दिनुभयो । सेलाङ गाविसको कुम्भेस्वरमा ईन्टेक बनाई त्यही गाविसको कुमाले भन्ने ठाउँमा बनाईने विद्युत गृहमा २ किलो मिटर लामो नहर तथा पेनस्टक पाईपद्वारा पानी खसालिने छ ।

वार्षिक ५ करोड ९० लाख युनिट विद्युत उत्पादन हुने यो आयोजना कुल १ अर्व ७४ करोडको लागतमा वन्न लागेको हो । आयोजनाको लािग नेपाल वंगलादेश बैंक लगाएत ५ बैंकहरुले १ अर्व २० करोड रुपैँया ऋण प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको र ५४ करोड प्रवद्र्धक कम्पनीवाट व्यहोरिनेछ । आयोजनावाट उत्पादित विद्युत १४ किमि लामो प्रशारण लाईनद्वारा लामोसाँघु सव–स्टेसन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने आयोजनाले जनाएको छ ।


  •  
  •  
  •