बालेन ४० हजार नजिक, सिर्जना भन्दा केशव स्थापित ५०१ मतले पछाडि

74
  •  
  •  
  •  

काठमाडौं  । काठमाडौं महानगरपालिकामा मत गणना जारी छ। मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुदेखि नै अग्रता लिइरहेका छन्। यसअघि दोस्रोमा रहेका नेकपा एमालेका केशव स्थापित अहिले तेस्रोमा पुगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार साहले ३९ हजार ६ मत पाएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७२ मत पाएकी छन्। एमालेका स्थापतिले २१ हजार ५७१ मत पाएका छन्। उपमेयरमा पनि एमालेकी सुनिता डंगोलकै अग्रता कायम छ।


  •  
  •  
  •