कपाल झर्ने समस्याबाट अब सहजै मुक्ति पाइने

192
  •  
  •  
  •  

Cure-For-Baldnessकाठमाडौ/पुस : कपाल झर्ने समस्याबाट निकै चिन्तित हुनुहुन्छ भने अब चिन्ताबाट मुक्त हुन सकिने छ । अब यसको समाधान धेरै टाढा छैन् ।

डेलिमेलमा प्रकाशित समाचार अनुसार एक अध्ययनमा वैज्ञानिकहरूले कपाल बढाउने प्रमुख तत्व पत्ता लगाएको दावी गरेका छन् । यीनै तत्वहरूको प्रयोग गरेर कपाल झर्ने समस्याबाट छुटकारा पाउने बताइएको छ ।

स्पेनिश क्यान्सर नेशनल रिसर्च सेन्टरका शोधकर्ताहरूले आफ्नो अध्ययनमा यो सफलता प्राप्त गरेको छ । उनीहरूले अनुसन्धानबाट कपाल झर्ने समस्या हटाउन सम्भव हुन सक्ने बताएका छन् ।

शोधकर्ताहरूका अनुसार आफ्नो अध्ययनमा छालाको कोशीकाहरूको ती संकेतहरू पत्ता लगाएको छ जसले कपाल पुन उमार्न सफलता मिल्न सक्छ ।

उनीहरूले कोशीकाहरूमा मुक्त मेक्रोफेजको पत्ता लगाउइएको छ जुन पेथोजेनको नियन्त्रण गर्छ । यसले छालाको कोशिकाहरूलाई सक्रियता दिन्छ, जसले प्राकृतिक रूपले कपाल उमार्न सकिन्छ ।

वैज्ञानिकहरूका अनुसार यसमा यती शक्ति छ की यसले कपाल उमार्ने मात्र नभएर क्यान्सर समेत रोकथाम गर्न मद्धत गर्छ ।


  •  
  •  
  •