बालबालिकालाई नेतृत्व विकास तालिम

149
  •  
  •  
  •  

काठमाडौं । ललितपुरको क्यारिवियन स्कुलले बालबालिकाहरुलाई दुई दिने नेतृत्व विकास सम्बन्धि तालिम दिएको छ ।

 भविश्यमा सही नेतृत्व दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्न नानीबाबुहरुलाई ‘नेतृत्व विकास सम्बन्धि’तालिम दिएको स्कुलका सहायक प्रिन्सीपल हरि खत्रीले बताए ।

‘हाम्रो उदेश्य भविस्यमा, राजनीतिक, समाजिक वा व्यावसायिक क्षेत्रमा सही नेतृत्व दिनसक्ने दक्ष जनशिक्त उत्पादन गर्नु हो, यो तालिमले नानीबाबुहरुमा आत्मविश्वास बढाउनुका साथै जिम्मेबार बन्न सिकाउनेछ’, उनले भने ।

नुवाकोट ककनिमा रहेको अन्तर्राष्ट्रिय स्काउट क्याप्पमा दुई दिनसम्म सञ्चालन गरिएको तालिममा कक्षा ५ देखि १० सम्मका २१ जना विद्यार्थीहरु सहभागी थिए ।

तालिममा सहभागी सबै विद्यार्थीहरु स्कुलका काउन्सिल सदस्यहरु हुन् । तालिम भर बालबालिकालाई सामुहिक रुपमा काम कसरी गर्ने ? सफल हुन, सही नेतृत्व कसरी गर्ने ? काम गर्दा आउने घुम्तीमोडहरुलाई कसरी पार गर्ने ? नेतृत्वले सही निर्देशन दिन नसक्दा आउने परिणाम, नेतृत्व हस्तान्तरण र नेतृत्वमा हुनुपर्ने धैर्यता, कोडिनेसन, काममा सहकार्य, काम गर्दा, पटक–पटक असफल हुनसक्छ, तर फेरि कसरी उठेर आफ्नो उदेश्य पुरा गर्ने भन्ने जस्ता शिक्षा खेलको माध्यमबाट सिकाइएको थियो ।

तालिमको नेतृत्व स्कुलका प्रिन्सिपल चन्द्रायान श्रेष्ठले गरेका थिए ।

 


  •  
  •  
  •