काठमाडौं २९ भदौ (ओएनएस) : आज राष्ट्रिय वाल दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ। बालअधिकार महासन्धीमा नेपालले २० वर्ष अघि हस्ताक्षर गरेको दिन पारेर राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । हरेक बर्ष भदौ २९ गते वाल दिवस मनाउने गरिन्छ। । बालअधिकार महासन्धीमा हस्ताक्षर गरेका मुलुकहरुले बालबालिकालाई खान, बस्न, पढ्न, लेख्न, खेल्ने व्यवस्था अनिवार्यरुपमा गर्नु पर्ने प्रावधान छ ।
तर नेपालमा भने यस्ता धेरै विषय नारामा मात्रै सिमित भएका छन । यस वर्षको राष्ट्रिय बाल अधिकार दिवसको नारा हामी सबैको सरोकार शान्ति, संविधान र सुनिश्चित बालअधिकार रहेको छ। अन्तराष्ट्रिय कानून अनुसार १८ वर्ष भन्दा मुनिकालाई र नेपालको कानून अनुसार १६ बर्ष मुनिका व्यक्तिलाई बालवालिका भनिन्छ ।
मानवविकास सुचाँङकका आधारमा हेदा नेपालमा कुल जनसंख्याको झण्डै ४९ प्रतिशत वालवालिका रहेका छन । ति मध्ये विद्यालय उमेर समुहका झण्डै ६ प्रतिशत वालवालिका अझै पनि विद्यालय जान पाएका छैनन ।