बालोटेली लिभरपुलमा

127
  •  
  •  
  •  

लन्डन, ७ भदौ (एजेन्सी) : एसिमिलानका स्ट्राइकर मारियो बालोटेलीलाई इंग्लिस क्लब लिभरपुलले १६ मिलियन डलरमा क्लबमा भिœयाउने भएको छ । उनी एक वर्षअघि मात्रै इंग्लिस क्लब म्यानचेष्टर सिटिबाट १९ मिलियन डलरमा इटालियन क्लब एसिमिलानमा गएका थिए । 333333333333

मिलानमा रहँदा उनले ५४ खेलमा ३० गोल गरेका थिए । लिभरपुलका स्ट्राइकर लुइस स्वारेज बार्सिलोना गएपछि लिभरपुलले नयाँ स्ट्राइकर भिœयाउने योजनाअनुसार मिलानसँग बालोटोलीको विषयमा कुरा अघि बढाएको थियो । मिलान १६ मिलियन डलरमा बालोटोलीलाई दिन चाहेपछि लिभरपुलले प्रक्रिया अघि बढाएको हो । मिलानले बालोटेली लिभरपुल गएको जनाउँदै सफलताको कामनासमेत गरेको छ । २४ वर्षीय इटालियन स्ट्राइकर बालोटेली सन् २०१० देखि सन् २०१३४ सम्म लगातार तीन वर्ष इंग्लिस क्लब सिटिमा रहँदा ५४ खेलमा २० गोल गरेका थिए भने सन् २०१० देखि राष्ट्रिय टिममा परेका उनले राष्ट्रिय टिमबाट पनि ३३ खेलमा १३ गोल गरेका छन् । उनी र लिभरपुलबीच केही दिनमै अनुबन्धन सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ ।

उता इंग्लिस क्लब चेल्सीले स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेसलाई लोनमा इटालियन फुटबल क्लब एएस रोमामा पठाउने योजना अघि सारेको छ । बेलायती सञ्चारमाध्यमहरूका अनुसार रोमाका स्ट्राइकर माटिस डेस्ट्रोलाई क्लबमा भिœयाउन चाहेको चेल्सीले डेस्ट्रोको बदलामा टोरेसलाई लोनमा रोमामा पठाउने तयारी गरेको हो ।

रोमाले डेस्ट्रोलाई दुई करोड पाउण्डमा चेल्सी भिœयाउनेछ भने त्यसको बदलामा ३० वर्Èका टोरेसलाई लैजाने छ । यो सम्झौताका लागि रोमाका निर्देशक वाल्टर साबाटिनी र प्रबन्ध निर्देशक माउरो बाल्डीसोनी लण्डन पुगेका छन् । सन् २०११ मा इंग्लिस क्लब लिभरपुलबाट पाँच करोड पाउण्डमा चेल्सीमा आएका टोरेसले प्रिमियर लिगका एक सय १० वटा खेलमा जम्मा २० गोल मात्र गरेका छन् । चेल्सीमा जान लागेका डेस्ट्रोले भने इटालियन लिग सिरी एको गत सिजनमा १३ गोल गरेका छन् । इटालीको विश्वकप टोलीको ३० भित्र परे पनि उनी अन्तिम २३ मा नपरेपछि ब्राजिलमा भएको विश्वकपमा क्षमता देखाउन पाएका थिएनन्


  •  
  •  
  •