पत्रकार बलराम बानियाँ मृत भेटिए

112
  •  
  •  
  •  

काठमाडौं । सोमबारदेखि हराइरहेका कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत भेटिएका छन् ।

मकवानपुरको मान्डी हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा उनलेका शव फेला परेको हो । शव बानियाँकै भएको उनकी छोरीले यकिन गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।  बानियाँ अन्तिमपटक बल्खुमा देखिएका थिए । सीसीटीभी फुटेजबाट प्रहरीले उनी बल्खुमा रहेको पुष्टि गरेको थियो ।

उनी वाग्मती नदीमा लडेको र खोलाले बगाएर मकवानपुर पुर्‍याएको हुनसक्ने प्रहरीको भनाइ छ । बानियाँको शव मकवानपुरस्थित अस्पतालमा राखिएको छ ।

स्थायी घर तनहुँ रहेका बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् ।


  •  
  •  
  •