आज बालाचतुर्दशी पर्व मनाईंदै

304
  •  
  •  
  •  

काठमाडौं २४ मंसिर(ओएनएस) : आज बालाचतुर्दशी पर्व मनाईंदैछ । दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषमान्तक वनसहित देशभरका शिवालयहरुमा सत्बीज छरी आज बालाचतुर्दशी पर्व मनाईंदैछ । सत्बीज छर्न पवित्र पाशुपत क्षेत्रमा भक्तजनको भीड लागेको छ ।

हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहानदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदो छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गर्ने गरिन्छ । गएरातिदेखि नै भक्तजनहरु महाद्वीप बाली जाग्राम बसेका थिए ।

बालाचतुर्दशीमा मृगस्थली वा श्लेष्मान्तक वनमा छरेको शतबीज दिवंगत भएकाहरुका लागि बाली रोपिएको भन्ने लोककथन पनि छ ।
शतबीजबाट उम्रने अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन दान गरेजति पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।


  •  
  •  
  •