म फक्रिँदै गर्दा

60
  •  
  •  
  •  

कोपिला हुँ बिस्तारै फुल्नेछु
तर फूलहरु फुलाउने मालिहरुले
यदि विभेद गर्छ भने बगैँचामा
म नफुल्न पनि त सक्छु

रुपा थापा

म फक्रिँदै गर्दा
मेले देख्ने आकास र
मैले छुन चाहेको आकास

यदि तिमिले समान अवसर दिँदैनौ भने
मैले चाहेको आकास छुनलाई
भन म कसरी उड्न सक्छु
मेरा पंखहरूलाई कुज्ज्याएर

तिमिलाई हिलोमा फुल्ने
सुन्दर त्यो कमलको फुलको मूल्य
मैले बुझाउनु पर्छ र

जब आँखा बन्द गरेर
तिमिले रेडियोमा सुनाइरहन्छौँ
अण्डा र दुध स्वास्थ्यको लागि फाइदाजनक छ
शिक्षा र स्वास्थ्य सबै बालबालिकाको अधिकार

फरक छ विद्यालय
पैसा तिरेर शिक्षा किन्न सक्ने र नसक्नेको
फरक छ हस्पिटल
पैसा तिरेर हस्पिटलको बेड किन्न सक्ने र नसक्नेको

एउटै उमेरका हामी साना-साना बालबालिका
कोइ दुध धेरै पिउन परेर रुन्छन्
कोइ घरमा अन्न रितिएर भोकले रुन्छन्

तिमि दौड राख्छौँ र भन्छौँ
दौडिउ सबै नानि बाबुहरू
तिमी नै भन भोको पेटले म कुन दौड जितु

म एक बालिका
ग्यारेन्टी छ म यो देशको नागरिक हुन्जेल सम्म
मेरो योनि नै मेरो मृत्युको कारण बन्ने छैन भनेर

किताबका ठेलीहरू र आदर्शले
भरिदैन भोको पेट अनि
फक्रिन नपाउँदै बजारमा आफ्नो मोल लगाएर
जब मेरो बालापन नै कोइ किनिदिन्छ

उस्तै छ रहर अनि उस्तै छ शहर
तिमी एक बगैँचाको माली बनेर
भन शुभकामना कस्लाइ दिन्छौँ
हिलोमा फुल्दै गरेका कमलको फुललाई
या घर भित्र चिटिक्क सजाइएको
बास्ना बिहिन त्यो मनि प्याल्न्टको बोटलाई

विपदमा बाल अधिकारको सुनिश्चितताःहामी सबैको साझा प्रतिवद्धता
सम्पुर्ण बाल बालिकाहरूमा राष्ट्रिय बाल दिवसको शुभकामना


  •  
  •  
  •