बाँकी छ ?

100
  •  
  •  
  •  

पञ्चायतको पालामा पनि
जुलुस यसरी नै आउँथे
पञ्चहरुले पनि
नारा यसरी नै लाउँथे

अर्जुन पराजुली

गाली यसरी नै वर्षाउँथे
तालीले यसरी नै तर्साउँथे
जनतालाई यरी नै ढाँटिन्थ्यो
मालिकका पैताला यसरी नै चाटिन्थ्यो

नयाँ–नयाँ कदम यसरी नै चालिन्थ्यो
कात्रोमा खल्ती यसरी नै हालिन्थ्यो
अहिले यसैगरी
बाँकी सबैकुरा भइसक्यो
प्रतिगमनलाई बग्गीमा राखेर
शहर परिक्रमा गराउन मात्रै बाँकी छ
अब त केवल मन्दिरको मूर्ती हराउन मात्र बाँकी छ ।।

कवि पराजुलीको फेसबुकबाट साभार


  •  
  •  
  •