बाँकेका हिंसापीडित महिलाबारे छानबिन गर्न समिति गठन

106
  •  
  •  
  •  


काठमाडौं । बाँकेका हिंसापीडित दुई महिलाबारे छानबिन गर्न समिति गठन गरिएको छ । महिलाका आफन्त र अधिकारकर्मीसँग सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्ने सहमति गरेसँगै ११ दिनदेखि जारी धर्ना र अनशन समेत स्थगित भएको छ । बाँकेका नकुन्नी धोवीको शंकास्पद हत्या र निर्मला कुर्मी बेपत्ता घटनाबारे निष्पक्ष अनुसन्धानको माग राख्दै करिब दुई महिनादेखि उनीहरुले आन्दोलन गर्दै आएका थिए ।
वार्तापछि मंगलबार सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले स्थलगत अवलोकन गरेर घटनाको छानबिन गर्ने र प्राप्त तथ्यका आधारमा सात दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको छ ।

निर्मला कुर्मी र नकुन्नी धोबीको शंकास्पद मृत्युबारे निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग राख्दै पीडितका आफन्त र अधिकारकर्मीहरू नेपालगन्जबाट पैदलै २० दिन लगाएर काठमाडौं पुगेर धर्ना र अनशनमा बसेका थिए ।


  •  
  •  
  •