‘केही दिनमै नाकाबन्दी र राजनीतिक समस्या अन्त्यको घोषणा गर्छौ’

279
  •  
  •  
  •  

????????????????????????????????????

काठमाडौं ३ माघ (ओएनएस) :  सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकार केही दिनमै नेपालम जारी रहेको अघोषित नाकाबन्दी र राजनीतिक समस्या अन्त्य भएको घोषणा गर्ने तयारीमा रहेको बताएका छन । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मोर्चासँग सकारात्मक सहमतिमा पुग्दैछौ । केही दिनमा शिर्ष तहमा छलफल गरेर राजनीतिक संकट समाधानको घोषणा गर्दैछौ । राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिने गरी कुटनीतिक तहमा छलफल भएको छ फलस्वरुप अघोषित नाकाबन्दी अन्त्यको घोषणा गर्दैछौ ।’

साक्षात्कारमा मन्त्री राईले मधेसी मोर्चासँग सहमति भईसकेको दावी गर्दै सीमांकनमा राजनीतिक संयन्त्रलाई तीन महिनाको समय दिने र त्यसलाई संसदबाट बैद्यानिकता दिने बताए । उनले संविधान जारी भएको डेढ महिना संविधान कार्यान्वयन गर्न सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न, सरकार गठन हुनु अघिकै समस्याको रुपमा रहेको अघोषित नकाबन्दी र त्यसबाट उत्पन्न मानवीय संकट समाधानलाई पहिलो प्राथमिकतमा राखेर समय खर्चिनु परेको भन्दै यसमा मुलुकको राष्ट्रिय स्वाभिमान झुक्न नदिई मुलुकलाई निकास दिन सरकार सफल भएको दावी गरे ।

मन्त्री राईले नाकाबन्दी अन्त्य, मधेसको समस्य समाधान, पुर्ननिर्माण विद्येयक, प्राधिकरण गठन गरेर महाअभियानको सुरुवात जस्ता कारणले सरकार सफल भएको दावी गर्दै बाहिर हल्ला फैलाईए जस्तो सरकारले केही गर्न सकेन भनेर शिर निहुँर्याउने अवस्था नरहेको बताए ।
उनले भने,‘ सरकारले सय दिनमा गरेको काम बुझ्ने गरी जनतालाई जानकारी दिने तयारी गरिरहेका छौ । प्रतिकुल परिस्थितिमा बनेको सरकारले राजनीतिक र कुटनीतिक समस्या समाधान गर्नु , अलपत्र परेको पुर्ननिर्माण विद्येयक पारित गराउनु, प्राधिकरण गठन गर्नु, पुर्ननिर्माण महाअभियान सुरु गर्नु, भुकम्प पीडितलाई न्यानोकोलागि १० हजार दिनु, प्रत्येक परिवारलाई दुई लाख अनुदान र थप सहुलियत कर्जा कार्यान्वयनमा लैजानु, दुई वर्षे सुधारको योजना ल्याउनु, विकासलाई तिब्रता दिन उच्चस्तरीय अनुगमन तथा निर्देशा समिति गठन गरेर काम सुरु हुनु ।

चीनसँग दिर्घकालिन रुपमा ब्यापार पारवहन तथा ईन्धन सम्झौताको आधार तयार हुनु सरकारको उपलब्धि हो ।’ nमन्त्री राईले सरकारले गतिलिन नसकी रहेको भनि भएको आलोचनाको विषयमा सरकार राम्ररी जानकार रहेको स्पष्ट पार्दै भने,‘ सरकारलाई हेक्का छ संविधान कार्यान्वयनमा लानु पर्ने, मुलुकका शान्ति, सुरक्षा शुसासन काम गर्न जुन रफ्तारमा जानु पर्ने थियो तर मुलुक समस्यामा भएको, असहज परिस्थितिमा रहेकोले सकेन तर मुलुकलाई निकास दिन सरकार सफल भएको छ, यो महत्वपूर्ण उपलब्धि हो ।’

उनले मन्त्री परिषदको आकार ठूलो भएको सन्दर्भमा संविधान कार्यान्वयन गर्ने कामको लागि सरकार ठूलो भएको भन्दै मुलुकको समस्या समाधान गर्न दलहरु एक ठाँउमा उभिनु पर्ने भएकोले यो अहिलेको आवश्यकता भएको दावी गरे । मन्त्री राईले प्रधानमन्त्रीको लोडसेडिङ एक वर्षभित्र अन्त्य गर्ने घोषणालाई हल्का रुपमा लिएर हावादारी टिप्पणी नगर्न आग्रह गर्दै एउटा राजनीतिज्ञ, मुलुकको कार्यकारी प्रमुखले देखेको सपना र महत्वकांक्षलाई कार्यान्वयन गर्ने दावी गरे ।


  •  
  •  
  •