भिरबाट लडेर युवकको मृत्यु

242
  •  
  •  
  •  

बाजुरा, ११ पुस (ओएनएस): भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–१ डुङग्री बस्ने २७ वर्षीय भुपेन्द्र थापा रहेका छन् ।

उनको गौमुल गाउँपालिका–२ दहकोट स्थित ससुराली घरमा जाने क्रममा भिरबाट अचानक लड्दा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


  •  
  •  
  •