‘बजरंगी भाइजान’का लागि पहिलो च्वाईस होइनन् सलमान, थाहा पाऔ ५ तथ्य

270
  •  
  •  
  •  

Bajrangi Bhaijaanसलमान खानको नयाँ चलचित्र ‘बजरंगी भाईजान’ १८ जुलाईमा ईदको अवसरमा सार्वजनिक हुने निश्चित भइसकेको छ । पोष्टर सार्वजनिक भएपछि सलमानका प्रशंसकहरू तथा बलिउड स्टारहरुले पनि यस चलचित्रलाई लिएर निकै उत्साहित देखिएका छन् ।

उक्त चलचित्र सार्वजनिक भएपछि नै सलमानको उक्त चलचित्रले कस्तो व्यापार गर्नेछ भन्ने थाहा हुनेछ । त्यसका लागि १८ जुलाईसम्म कुर्नै पर्ने हुन्छ । तर, यस चलचित्रका केही यस्ता तथ्यहरू छन्, ती तथ्यहरू एक एक गरी बाहिर आउन थालेका छन् ।

थाहा पाऔ ती तथ्यः

  • चलचित्रको पोष्टर सार्वजनिक भएपछि बलिउडका किंग खान शाहरूखका साथै आमिरले पनि सलमानलाई बधाई दिएका छन् ।
  • चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यु-ट्युब र सामाजिक सञ्जालमा भाइरल नै भएको छ । ट्रेलर सार्वजनिक भएको पहिलो दिनमा नै करिब १५ लाखभन्दा बढि पटक हेरिएको थियो ।
  • चलचित्रको कथा एक अवोध पाकिस्तानी युवती घरपरिवारबाट अलग्गिएर भारत प्रवेश गरेकी हुन्छिन् । सलमान खानले उनलाई घरसम्म पुर्याउने बचन दिन्छन् । यो चलचित्रमा करिना कपूर, नवाजुद्दीन सिद्दीकी, अली कुली र दीप्ति नवलको पनि भूमिका रहेको हुन्छ । चलचित्रका निर्देशक कबीर खान हुन् जसले सलमानको चलचित्र ‘एक था टाइगर’ पनि निर्देशन गरेका थिए ।
  • चलचित्रमा आतिफ असलमले एक रोमान्टिक गीत गाएका छन् । यसको संगीत प्रीतमले दिएका छन् । तर, अहिलेसम्म चलचित्रको एक मात्र गीत ‘सेल्फी ले-ले रे; सार्वजनिक भएको छ ।
  • चलचित्रका निर्माता रकलाइन वेकटेशका अनुसार लीड रोलका लागि सलमान पहिलो च्वाईस थिएनन् । यसभन्दा अगाडि आमिर खान, रजनीकान्त र पुनीत राजकुमारलाई पनि अफर गरिएको थियो ।
  • जब चलचित्रको टिजर सार्वजनिक भएको थियो । तब यसमा अभिनय गरिरहेकी सानी बालिका हर्षाली मल्होत्राको निखै चर्चा भएको छ । यस चलचित्रभन्दा पहिले उनले केही विज्ञापन पनि गरिसकेकी छिन् ।

  •  
  •  
  •