कर्णाली प्रदेशले गर्‍यो तीन महिनाको बजेट सार्वजनिक

385
  •  
  •  
  •  

काठमाडाैँ, १३ बैशाख (अाेएनएस) : कर्णाली प्रदेशले चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट सार्वजनिक गरकाे छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बिहीबार प्रदेश संसदमा एक अर्व दुई करोड पाँच लाखको रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् ।

उक्त बजेट तेस्राे चाैमासिककाे तीन महिनकाे लागि छुट्याइएकाे हाे।अाज बाेलाइएकाे दिउँसाे १ बजे प्रदेश सभा बैठकमा उक्त बजेट प्रस्तुत गरिएकाे हाे।

जम्मा बजेट मध्ये चालु तर्फ ४३ करोड ८४ लाख तीन हजार र पूँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार रहेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए ।


  •  
  •  
  •