बजेट कार्यान्वयनमा कुनै शंका छैन : मुख्यमन्त्री पोखरेल

113
  •  
  •  
  •  

रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आवधिक योजना र सरकारको नीति कार्यक्रममा केन्द्रित भएर बजेट आएकाले बजेटको कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरेका छन ।

प्रदेश सरकारले आइतबार सार्बजनिक गरेको बजेटका सम्वन्धमा बुटवलमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वर्षमा कर्मचारीको अभावले समयमा बजेट कार्यान्वयन हुन नसकेपनि आगामी आर्थिक वर्षको शुरुदेखि नै बजेट कार्यान्वयन हुने बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार समालेका पोखरेलले चालु आर्थिक वर्षको वजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानबाट आएको मध्ये डेढ अर्ब वजेट बढी खर्च गर्न सफल भएको भन्दै उनले आगामी आवको बजेट ८ महिनामै खर्च गरिसक्ने वताए ।

उनले बजेटले प्राथमिकता दिए अनुसार कृषिको व्यवसायिकरण गर्दै जाने, युवालाई कृषिमा आर्कषित गर्ने,पर्यटकीय गन्तव्यहरुलाई आर्कषित ढंगले विकास गर्ने बताउदै अर्थतन्त्रको आकारलाई राष्ट्रिय तहमा पु¥याउने बताए ।
मुलुकको अर्थतन्त्र अझै काठमाडौं केन्द्रित रहेको भन्दै अब प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने उनको जोड छ ।


  •  
  •  
  •