दुई वटा रेल किन्न ८४ करोड ९५ लाख स्वीकृत

438
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : सरकारले दुई वटा रेल ८४ करोड ९५ लाख रुपैयाँमा किन्ने भएको छ ।

रेल विभागलाई डेमो (डिजल इलेक्ट्रीफाई मोडेल) रेल किन्न स्वीकृति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराएका छन् ।

चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भारतीय सरकारी कम्पनी कोकान रेलवेयस कर्पोरेसन लिमिटेडमार्फत २ वटा डीईएमयू रेल किन्नका लागि रेल विभागलाई स्वीकृति दिएको बताए ।

यस्तै सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ ।


  •  
  •  
  •